वार्ताका लागि विप्लवका दुई सर्त

info khabar ९ फाल्गुन २०७७, आईतवार १०:१०
वार्ताका लागि विप्लवका दुई सर्त

मन्त्री मणी थापासँग सम्वादको सकारात्मक प्रभाव

काठमाडौं । हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख भएको छ ।

खानेपानी मन्त्री मणी थापामार्फत विप्लव नेतृत्व पार्टीसँग सरकारले कुराकानी गरिरहेको छ । मन्त्री मणी थापा केही पहिले जेलमै रहेका हेमन्तप्रकाश ओली सुदर्शनसँग भेट गरेका थिए । सरकारले चन्द नेतृत्वको नेकपामाथि २८ फागुन ०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सांसद सोमनाथ पाण्डेको नेतृत्वमा शसस्त्र समूहसँग वार्ता गर्न समित बनाइएको थियो ।

तर त्यो समिति वार्ता गर्न र सहमतीमा ल्याउन असफल भएको थियो । विप्लव समूहको निर्णयलाई विश्वासका रूपमा टिप्पणी गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले स्वागत गरेका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले सशस्त्र आन्दोलनरत सबै समूहलाई शान्तिपूर्ण मूल धारको राजनीतिमा ल्याउने लक्ष्यमा रहेका कारण सरकार विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि तयार रहेको बताए । पुष्पकमल दाहाल प्रचण्डले कथित जनयुद्ध चलिरहेका बेला यस्तै रणनीतिक विज्ञप्ति जारी गर्थे, वार्तालाई रणनीतक रुपमा प्रयोग गर्थे । विप्लव पनि एउटै स्कूलिङमा हुर्के–बढेका हुन् ।

सरकारका मन्त्री मणी थपासँग करिब तीन साताको सन्देश आदानप्रदानपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारका मन्त्रीहरूसँगको अनौपचारिक गृहकार्य र संवादपछि विप्लवले शनिबार विज्ञप्तिमार्फत सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको सन्देशसहित विज्ञप्ति जारी गरेका हुन् ।

महासचिव विप्लवले आफूहरू सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् । तर, त्यसका लागि सरकारसँग सहज रूपले गतिविधि र कार्यक्रम गर्न पाउने गरी वातावरण बन्नुपर्ने सर्त राखेका छन् । सोस्रका अनुसार प्रतिबन्ध गरिएयता विप्लव समूहका मात्रै करिब हजार नेता, कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई जेल मुक्त गर्नु पर्ने सर्त राखिएको छ ।