मुख्यमन्त्री राई विरुद्धको अविश्वासमा नेपाली काँग्रेस निर्णायक

info khabar १० फाल्गुन २०७७, सोमबार ११:४८
मुख्यमन्त्री राई विरुद्धको अविश्वासमा नेपाली काँग्रेस निर्णायक

अविश्वास पारित हुने सम्भावना, ओली पक्ष बहिस्कार गर्ने रणनीत बनाउँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा आइतबार पेस भएको छ । मूख्यमन्त्री राई विरुद्धको मतदानमा नेपाली काँग्रेस निर्णाय भएको छ । उसले जसलाई समर्थन गर्छ, उ नै मुख्यामन्त्री बन्ने सम्भावना छ । प्रदेश १ को कुल ९३ सदस्यीय प्रदेशसभामा एमालेले ५१, माओवादीको १५ र नेपाली कांग्रेसको २१ सिट छ । एमाले र माओवादी मिलेर नेकपा बनेका थियो । तर नेकपा बनेको तीन वर्ष नपुग्दै पार्टी विभाजित भएकाले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएको हो ।

मुख्यमन्त्री राईविरूद्ध ३७ जनाले अविश्वास प्रश्ताव दर्ता गरेकोमा अविश्वास प्रस्तावका पाँच जना हस्ताक्षरकर्ताले फिर्ता लिएका छन् । अहिले अविश्वास प्रस्तावका पक्षधर (प्रचण्ड नेपाल पक्ष) हरू ३७ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ भने ओली पक्षले पनि आफू बहुमतमा रहेको दाबी गरिरहेको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालासहितका बहुमत सदस्यले अविश्वासको प्रस्तावको पक्षमा आफूलाई उभ्याउने बुझेपछि मुख्यमन्त्री राई पक्षले आफै संसद अवरुद्ध गर्दै आएको छ ।

मुख्यमन्त्री शेरधन राईले गत बिहीबार प्रदेशसभा भङ्ग हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले अपत्ति जनाएको छ । आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुनुपर्ने बताउँदै आएका मुख्यमन्त्री राईले गत बिहीबार प्रदेशसभा भङ्ग गर्ने चेतावनी दिएका थिए । मुख्यमन्त्रीको चेतावनीपछि प्रदेशसभा भङ्ग हुन्छ कि भन्ने आशंका पैदा भएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभा मुख्यमन्त्रीको पैत्रिक सम्पत्ति नभएको बताएका छन् ।

प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव फागुन ९ गते आइतबार पेस भएको हो । प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । ओली समूह (मुख्यमन्त्री राई समूह) का सदस्य बैठकमा सहभागी भएका थिएनन् । संघीय समाजवादी फोरमको ३, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रको १ र १ सिट छ ।

त्यस्तै, बागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा एमाले ५८ सिट जितेर एक्लै सरकार बनाउने हैसियतमा थियो । यहाँ माओवादीले २३, कांग्रेसले २१, विवेकशील साझा पार्टीले ३, नेमकिपाले २, राप्रपा, नयाँ शक्ति र राप्रपा (प्र) ले १ र १ सिट जितेका थिए । दुई राप्रपाको एकिकरण भएको छ भने नयाँ शक्तिका एक मात्र प्रदेश सांसद नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध पनि अविश्वास प्रश्ताव दर्ता भएको छ तर सभामुखले अविश्वासको प्रश्ताव टेबुल गरेका छैनन् ।