कुमारी बैंकले पर्यटन व्यवसायलाई हुलियत कर्जा दिने

info khabar ११ फाल्गुन २०७७, मंगलवार १२:३२
कुमारी बैंकले पर्यटन व्यवसायलाई हुलियत कर्जा दिने

काठमाडौं । कोभिड(१९ महामारीले थिलथिलो भएका पर्यटन व्यवसायीहरुको कारोबार पुनरुत्थानका लागि कुमारी बैंकले १५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भएको छ । यसका लागि कुमारी बैंक  र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य गर्ने भएको छ । ठमेल क्षेत्रका पर्यटन व्यवसायलाई पुनर्जीवनका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य हुने बैंकले जनाएको छ । यसअन्तर्गत परिषदमा आवद्ध सदस्य व्यवसायीहरुलाई बैंकबाट कर्जा सुविधा प्रदान हुनेछ ।

बैंकले यसरी दिने अर्धवार्षिक तथा चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँ रहने बताइएको छ ।  बैंकले दिने कर्जाहरु व्यवसायको संचालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बताइएको छ। बैंकबाट दिइने कर्जा आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।