मान्छे किन जन्मन्छ बोलको गीत सार्वजनिक (भिडियोसहित)

info khabar ११ फाल्गुन २०७७, मंगलवार १४:५१
मान्छे किन जन्मन्छ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वरमा मान्छे किन जन्मन्छ बोलको गीत सार्वजनिक भएको छ। फिल्म निर्देशक मनोज पण्डितद्वारा रचिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका छन् ।

अल थ्री मोटिभ स्टुडियोको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन चलचित्र निर्देशक मनोज पण्डित गरेका हुन्। गोविन्द मधुर आचार्यले गीतमा संगीत संयोजन गरेका छन् । अकस्टिक नेपाल, नक्सालमा रेकर्डिङ भएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन्। गीतमा ध्वनि सम्पादन तथा मास्टरिङ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

भिडियो सम्पादन सन्तोष दवाडीले गरेका हुन् भने कलरिङ्ग पदम तिमल्सिनाले गरेका छन् । क्यामरामा प्रकाश गोपाली रहेका छन् ।