प्रतिनिधिसभा भंग भइसकेपछि काम गर्नलाई वाधा, अदालतले छिटाे टुंगो लगाइदिए हुन्थ्यो : नगरप्रमुख सरावगी

info khabar ११ फाल्गुन २०७७, मंगलवार १७:५२
प्रतिनिधिसभा भंग भइसकेपछि काम गर्नलाई वाधा, अदालतले छिटाे टुंगो लगाइदिए हुन्थ्यो : नगरप्रमुख  सरावगी

छोटो समयको राजनीति प्रवेशबाट जनताको मन जित्न सफल नेता हुन् विजय कुमार सरावगी । पार्टी राजनीतिमा कम लगानी भएपनि उनी कुनै ख्यातिप्राप्त नेताभन्दा कम छैनन् । उनी वीरगन्ज महानगरपालिकाको नगर प्रमुख पनि हुन् । सादा जीवन र उच्च विचार राख्ने सरावगी जनताको सेवाप्रति सधैं दत्तचित्त छन् । उनी जनप्रतिनिधि भइसकेपछि पार्टी राजनीतिभन्दा माथि उठेर सम्पूर्ण जनताको समान रुपले सेवा गर्नुपर्ने ठान्दछन् । जनतामाथि हुने भेदभाव थिचोमिचो विरुद्ध सधैं आवाज बुलन्द गर्ने उनी सालिन नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । यिनै समसामयिक विायमा केन्द्रित रहेर विजयकुमार सरावगीसँग कालिका महतले गरेको कुराकानी:
विजय कुमार सरावगी
नगरप्रमुख, वीरगन्ज महानगरपालिका
अहिले केमा व्यस्त हुनुहुन्छ ?
हाम्रो काम दिनभरि योजना तर्जुमाहरुको अनुगममा विभिन्न वडामा जाने त्यहाँ भएका विकास निर्माणका काम हेर्ने हुन्छ । अहिले हामीले जनताको पीरमर्का बुझ्नलाई घर–घरमै जानुपर्ने हुन्छ । त्यसकारण धेरै जसो जनताको काममै व्यस्त रहन्छौं ।
जनताको काम गर्न घर–घरमै जानुपर्ने भएकाले व्यस्त हुनुभएको हो ?

अरुका कुरा गर्न मिल्दैन । मेरो कुरा गर्नुहुन्छ भने मेरा आफ्नैखाले काम छन् । त्यो म भित्री मनदेखि दत्तचित्त भएर गरिरहेको हुन्छु ।

तपाईं त कोरोनो कहरमा पनि पर्नुभयो, त्यसबेला जता जोगाउन कत्तिको समस्या भयो ?
कोरोना कहर पार गर्न त्यति सजिलो काम थिएन । त्यो सबैलाई थाहै छ । नयाँ रोग जसको उपचार पनि थिएन । वीरगन्ज कोरोनाको पहिलो इपी सेन्टरै भएको तपार्इंलाई थाहै छ । मलगायत मेरा परिवार र वीरगन्ज महानगरपालिकाका कर्मचारीसमेत संक्रमित भए । धेरै ठूलो संकटको सामना गर्नुप¥यो । त्यही पनि हामीले धैर्यतापूर्वक जनताको ज्यान जोगाउन क्वारेन्टाइन, आइसुलेसनलगायतको व्यवस्था मिलाइयो । क्वारेन्टाइनमा बस्नेलाई खाने व्यवस्थादेखि कोरोना अस्पतालसमेत सञ्चालन गरियो । त्यसमा आवश्यक चिकित्सक र कर्मचारीको व्यवस्था गरियो । यसरी आफैं संक्रमित हुँदाहुँदै पनि संयमित ढंगले काम गरेर कोरोना नियन्त्रण र व्यवस्थापन गर्न हामीहरु सफल भयौं ।
कोभिड–१९ को समस्याले वीरगन्जमा आतंकै थियो, आफैं संक्रमित हुँदा पनि नियन्त्रण र व्यवस्थापन गर्न कसरी सफल हुनुभयो ?

सबैभन्दा पहिला त हामीले जनचेतना फैलाउने कामहरु ग¥र्यौं । त्यसलाई व्यवस्थापन गर्न प्रशासनले पनि राम्रै सपोर्ट ग¥यो । त्यसपछि संक्रमित टोलहरुमा स्वास्थ्य क्याम्पको पनि व्यवस्था गरियो । त्यति हुँदाहुँदै यहाँ कोरोना फैलियो । जसको कारण जनताहरु आतंकित र भयभित पनि भएका हुन् । नयाँ रोग त्यसमा उपचार हुने कारणले पनि त्यस्तो भएको हो । तर, जनप्रतिनिधि, प्रशासन, चिकित्सक, सामाजिक संघसंस्था र सञ्चारमाध्यम सबैको सक्रिय सहभागिता रह्यो । यसरी सबैको साथ, सहयोग सक्रियतामा नियन्त्रण र व्यवस्थापन गर्न सफल भएका हौं ।

तपाईंहरुले जसरी चुनौतिको सामना गर्नुभयो, त्यसमा केन्द्र र प्रदेश सरकारबाट कत्तिको सहयोग पाउनुभयो ?

कोरोना नियन्त्रण र व्यवस्थापन गर्न जुन खालको सामना वीरगन्ज नगरपालिकाले गर्नुप¥यो । त्यतिबेला केन्द्र र प्रदेश सरकारले गर्नुपर्ने काममा हामीले हात हाल्नुप¥यो । प्रदेशबाट पनि केही सपोर्ट त पाएको हो । तर जसरी गर्नुपर्ने हो त्यो भएन । त्यसको लागि वीरगन्ज महानगरपालिका नै लागिपरेर नियन्त्रण गरियो ।

चुनावका बेला दिइएका जनतालाई बाँडिएका आश्वासन अनुसार काम भएन भन्ने गुनोसो छ नि ?

मैले भनेअनुसारका सबै काम गर्न सकेँ भनेर त भन्न सक्दिँन । कोभिडको कारणले पनि भनेअनुसारको काम गर्न अवरोध भयो । विकास निर्माणका कामहरु रोकेर भएपनि कोभिड नियन्त्रणको लागि बजेट दियौं । कोभिडको बाबजुद पनि हामीले विकास निर्माणका कामलाई निरन्तरता दियौं । कोभिडले झन्डै एक वर्ष वाधा पु¥याएर भनेजस्तो काम गर्न सकिएको छैन । बाँकी रहेका काम सम्पन्न गर्न लागिपरेका छौं ।

स्थानीय सरकार त भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भनिन्छ नि ?

वीरगन्ज महानगरपाकिलाकामा त्यस्तो खालको समस्या छैन । हरेक वडालाई हामीले बजेट छुट्ट्याइदिन्छौं । बजेट विनियोजन गर्दा वडा अध्यक्षको नेतृत्वमा समिति बनाएर गरिन्छ । मेरो महानगरपाकिलामा वडा अध्यक्ष आफैं ठेकेदार भएर, आफैले डोजर किनेर भ्रष्टाचार गरेको पनि पाइएको छैन । जुनसुकै काम गर्दा पनि नेपाल सरकारले व्यवस्था गरेका कानुनहरु लागु गरेर गर्ने गरेका छौं । म जुन पार्टीबाट चुनाव जितेको भएपनि सम्पूर्ण जनताको मेयर भएर साझा रुपमा काम गरेको छु । आफ्ना कार्यकर्ता, पार्टी नहेरी सम्पूर्ण जनताको हितमा समान रुपले काम गरेको छु ।

अहिले स्थानीय जनप्रतिनिधिहरु एकदमै भ्रष्ट भए भन्ने छ तपाईंहरुलाई त्यो आरोप छैन ?

हामीलाई त्यस्तो आरोप त खासै छैन । हामीमाथि नगरपरिषद् हुन्छ, महालेखा परीक्षक हुन्छ, फोकल पर्सनहरु हुन्छन्, उपभोक्ता समितिहरु हुन्छन् । नियन्त्रिण र निगरानीका लागि थुप्रै निकायहरु हुन्छन् । जसले हाम्रो क्रियाकलापलाई हेरिराखिेका हुन्छन् । मेयरले मात्रै चाहेर पनि सबैतिर राम्रो हुने होइन । सकेसम्म निष्पक्ष ढंगले काम गर्ने प्रयत्न गरिएको छ । यदि कुनै ठाउँका जनतामा त्यस्तो समस्या छ भने हामीसँग राख्न पाउनुहुन्छ । धेरैको विचार, चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने भएकाले सय प्रतिशत ठीक छ त म भन्न सक्दिँन । धेरै जनप्रतिनिधि र निकायले काम गर्नुपर्ने भएकाले एकजनाको गल्तीले सिंगो महानगरपालिकालाई दोषी दिन मिल्दैन । यदि कसैबाट कमीकमजोरी भएको पाइएमा उचित कारबाही गरिन्छ । त्यसैले केही व्यक्तिको आलोचना र खुट्टा तान्ने प्रवृत्तिले सिंगो महानगरपालिका र कार्यरत कर्मचारी असफल छन् भन्न मिल्दैन ।
आफ्नो कामप्रति पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ ?
मेरो बलबुताले भ्याएसम्म दिलोज्यान दिएर जनताको काम गरेको छु । उपलब्ध साधन, स्रोतअनुसार सकेसम्म साझा रुपमा काम गर्ने प्रयास गरेको छु । अब केही व्यक्तिहरुको राजनीति प्रतिसोधमा खुट्टा तान्ने प्रवृत्ति हुन्छ । त्यस्ताबाट थोरबहुत विरोध, आलोचना हुनसक्छ । धेरै सिद्धान्त, विचार समूह भएको ठाउँमा सबैलाई खुसी राख्न त सकिँदैन । कुनै पनि काम गर्दै विभिन्न ठाउँबाट विरोध र अनुगमन र अनुसन्धान भइराखेको हुन्छ, हुनुपनि पर्छ । राम्रो कामको लागि गरिएको रचनात्मक विरोधको स्वागत पनि गर्छौं । खुट्टा तान्ने प्रवृत्तिले प्रतिशोष साँधेर विरोधका लागि विरोध मात्रै गरिएको छ भने प्रतिवाद पनि गर्छौं । तर, राम्रो कामको लागि गरिने रचनात्मक खबरदारीको हामी सधैं स्वागत गर्दछौं ।

तपाईं जुन पार्टीबाट चुनाव जितेको भएपनि साझा मेयर भएर काम गर्नुभएको छ हो ?
केहीले आरोप लगाइहाल्छन् । तर, हामीले जुनसुकै निर्णय गर्दा पनि एकलौटी गरेका छैनौं । चाहे त्यो कार्यपालिका होस्, चाहे नगरसभाहरु होस् अथवा विभिन्न बैठकहरुमा सम्पूर्ण निर्णयहरु साझा सहमतिमा गर्दछौं । सहमतिबाट भएको निर्णयमा विवाद आउँदैन भनेर त्यसलाई अंगिकार गरेका हौं । वीरगन्ज महानरपालिकामा जेजतिले नेतृत्व गरेका छौं । सबैले मिलाएरै साझा सहमतिबाट काम अगाडि बढाएका छौं । अहिलेसम्म जुनसुकै काम पनि सबै जनप्रतिनिधिहरुको सहमतिबाटै गरिएको छ ।

वीरगन्ज महानरपालिकामा तपाईले साझा नेतृत्वको विकास गर्नुभएको छ ?

जुन काम गर्दा पनि हामी सर्वसम्मत रुपमा अगाडि बढ्छौं । दीर्घकालीन काम गर्नुछ भने सर्वसम्मतको निर्णय नै उपयुक्त हुन्छ । बहुमतको आधारमा अरुलाई मिचेर काम गर्न थालियो भने अजयको हविगत हुन्छ ।
दलित, अल्पसंख्यक र उत्पीडितको लागि कस्तो खालको प्याकेज कार्यक्रमको व्यवस्था गर्नुभएको छ ?
दलित, अल्पसंख्याक र उत्पीडितको लागि बजेटै छुट्ट्याएर विभिन्न कार्यक्रमहरु ल्याउँछौं । जस्तो ती वर्गका गर्भवती महिला, बालबालिकाको लागि भयो । कतिपय ठाउँहरुमा हामीले आवासको पनि व्यवस्था गरेका छौं । पीछडा वर्गको लागि पशुपालनको व्यवस्था गरेका छौं । त्यसकारण विभिन्न आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका क्षेत्रमा पनि कामहरु गरेका छौं । सगम ठाउँ हुँदाहुँदै पनि मधेशमा यी विषय ओझेलमा छन् । त्यसलाई मध्येनजर गरी हामी ती वर्गको लागि विशेष कार्यक्रम ल्याउने सोच बनाएका छौं ।

तीन वर्षे कार्यकाल पुरा गरिरहँदा तपाईंहरुको कामले जनतामा कत्तिको सन्तुष्ट पाउनु भएको छ ?

सुरुमा त हामीलाई नियम, कानुन बनाउँदैमा समय बित्यो । कर्मचारी आपूर्ति, स्रोतको व्यवस्थापनमा पनि त्यत्तिकै समय गुज्रियो । अहिले आएर ती सबस्याहरु टुंगिएका छन् । १८ वर्षसम्म जुनखालको जनप्रतिनिधिको अवस्था । जसरी उहाँहरुले चलाउनुभएको थियो । जनताहरु पनि पीडित भए । हामीहरु आइसकेपछि जनअपेक्षा बढ्नु स्वाभाविक हो । त्यो अपेक्षा अनुसार काम नहुँदा असन्तुष्टि हुने स्वाभाविक हो । जनताको अपेक्षा अनुसार हामीहरु काम गर्न लागिपरेका छौं । अब चाहीं जनचाहना अनुसार काम गर्ने वातावरणलाई ट्र्याकमा ल्याइसकेका छौं । मेरो कार्यकालमा कमसेक वीरगन्ज महानगरपालिकाभित्र बाटो चाहीं बनिहाल्छ । फेरि बाटो भन्नाले व्यक्तिगत होइन गाउँटोललाई शहरसँग जोड्ने बाटाहरु सम्पन्न हुने छन् । जसले गर्दा आउने दिनका मेयर, जनप्रतिनिधिहरुलाई काम गर्न सजिलो हुन्छ । सबै वडामा भौतिक रुपले साधन, स्रोत जुटाउने र कर्मचारी व्यवस्थापनका काम भइसकेका छन् । आवश्यक साधन, स्रोतहरु जुटाउको काम भइसकेकाले आगामी दिनमा वीरगन्ज महानगरपालिकालाई अझ बढी व्यवस्थित र परिस्कृति ढंगले अगाडि बढाउन सक्छौं ।
प्रधानमन्त्रीले प्रतिसभा भंग गर्नुभयो, यसले स्थानीयतहलाई काम गर्न कत्तिको अप्ठ्यारो छ ?
प्रतिनिधिसभा भंग भइसकेपछि काम गर्नलाई केही न केही वाधा भने हुन्छ । स्थानीय तहको पनि काम गर्ने सिलसिलामा केन्द्रीय सरकारसँग, सांसद्सँग र सम्बन्धित मन्त्रालय, निकायहरु जोडिएका हुन्छन् । तरलताको अवस्थामा सम्बन्धित क्षेत्रका सांसद नहुनु, अथवा संसद् नै भंग हुनुले काममा वाधा पु¥याएको हुन्छ । त्यसैले विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने भएपनि छिट्टै होस् । यदि निर्वाचनमै जाने हो भने पनि छिट्टै नै सम्मानित अदालतले टुंगो लगाइदिए हुन्थ्यो भन्न चाहन्छु । ढिलाइ गर्दै जाँदा देशमा भइरहेका विकास, निर्माणका कामहरु पनि अलमलिन्छन् । फोहोर पनि कोरोनाको कारणले भनेजस्तो काम गर्न पाइएन । अहिले पनि प्रतिनिधिसभा विघटनका कारण काममा अलमल भएको छ । सबैले बुझेकै कुरा हो । अस्तिर सरकार भएको बेला राम्रोसँग काम हुन सक्दैन । स्थानीय सरकार भएपनि केन्द्रसँग त्यत्तिकै सम्बन्ध हुन्छ । अब त्यहाँ अस्थिरता भएपछि हामीले जनताको म्यानडेटअनुसार काम गर्न सक्दैनौं ।
हिजो तपाईंलाई साथ, सहयोग दिएर विजयकुमार सरावगी भनेर हिंड्ने जनताले के भन्न चाहनुहुन्छ ?
यहाँका जनता मसँग ठूलो इच्छा र अपेक्षा गरेका छन् । त्यो अनुसार हामीले पनि सबै काम गर्न नसकेको हुन सक्छ । हामीले चुनावका बेला धेरै कुराहरु बोलेका छौं । प्रतिवद्धता अनुसार हामीले काम गर्न खोजेको पनि हो । स्थानीय सरकारको पहिलो संरचना भयो । त्यसपनि नयाँ खाले रोगको चपेटाले झन्डै एक वर्ष अलमलमा पा¥यो । त्यसपछि राष्ट्रिय राजनीति धरापमा प¥यो । यी र यस्तै खाले वाधा व्यवधानले गर्न खोजिएका धेरै कामहरु अलमलमा परे । हिजो हामी धेरै काम गर्ने वाचा गरेका छौं । जनताले ममाथि धेरै आशा, भरोसा र विश्वास गरेका छन् । जनतालाई पनि थाहा वीरगन्ज बनाउने काम मेयरले मात्रै होइन । त्यसमा केन्द्रदेखि प्रदेश सरकारको पनि साथसहयोग चाहिन्छ । आगामी दिनमा अझ परिष्कृत, परिमार्जित र वैज्ञानिक ढंगले काम गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्दछु ।