माछापुच्छ्रे बैंकले सुरु ग-यो क्युआर कोडबाट भुक्तानी

info khabar १३ फाल्गुन २०७७, बिहीबार ११:५५
माछापुच्छ्रे बैंकले सुरु ग-यो क्युआर कोडबाट भुक्तानी

काठमाडौं । माछापुच्छ्रे बैंकले धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोडबाट भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी सेवाको उद्घाटन गरेका छन् । घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोडमार्फत् रकम भुक्तानी गरेका थिए । सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी खरिद गरेको तरकारी तथा फलफूलको बिल क्युआरबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका निर्देशक घिमिरेले काठमाडौं बाहिर रहेका कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्ताहरुमा डिजिटल सेवाको पहुँच पु¥याउनुका साथै बचत गर्ने बानी र समयको सदुपयोग हुने बताए । यस्तै, माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंकले देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए । हाट बजारमा रहेका अधिकांश पसलहरुमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको बैंकले जनाएको छ ।