प्राइम लाईफ इन्स्योरेन्सले एनपिआई प्रणाली थाल्यो

info khabar १३ फाल्गुन २०७७, बिहीबार १२:१२
प्राइम लाईफ इन्स्योरेन्सले एनपिआई प्रणाली थाल्यो

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी भुक्तानी गर्ने व्यवस्था सुरु गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्था मिलाएको हो । एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी बिभिन्न भुक्तानीहरु यसमार्फत गर्ने जनाएको छ । प्राइम लाईफ एनसिएचएल आइपिएस र कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्ने पहिलो इन्स्योरेन्स कम्पनी भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने इन्स्योरेन्स कम्पनीले बिज्ञप्तीमा उल्लेख गरेको छ । प्राइम लाईफसँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमाशूल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आइपिएस इ–पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आबद्ध भैसकेका छन् । एनपिआई नेपाल क्लियरिङ हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ, जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् ।