विश्वभरमा २५ लाख ७ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु

info khabar १३ फाल्गुन २०७७, बिहीबार १२:१६
विश्वभरमा २५ लाख ७ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु

अमेरिकामा २४, फेब्रुअरीमा करिब १४ लाख ७८ हजारको परीक्षण, ७५ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२४, फेब्रुअरी) मा १४ लाख ७८ हजार ७४२ जनाको नमुना परीक्षण गर्दा ७५ हजार २९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २३, फेब्रअरीमा १२ लाख २४ हजार ३९१ जनाको नमुना परीक्षण गर्दा ७२ हजार ८६० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (२४, फेब्रुअरी) मा कोरोना भाइरसको संक्रमणबाट २५ सय २५ जनाको मृत्यु भएको छ । २३, फेब्रअरीमा २४ सय ४४ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार फागुन १३ गते बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ८९ लाख ७४ हजार ६२३ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा १ करोड ९३ लाख ४० हजार ३२९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार फागुन १३ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९१ लाख १५ हजार ९ सय ३१ जना छन् ।

नेपाली समय अनुसार फागुन १३ गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३५ करोड २५ लाख ३२ हजार ४२१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब २ करोड ७ लाख २० हजार २६४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब २ करोड ७ लाख बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट फागुन १३ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख १८ हजार ३ सय ६३ जनाको मृत्यु भैसकेको छ ।

फागुन १३ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ करोड ३० लाख ८४ हजार ८५२ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७६८ जना छन् ।