माओवादीको विध्वंशको परिणाम १० वर्षसम्म स्कूल बन्द भयो

info khabar ३ चैत्र २०७७, मंगलवार १७:०२
माओवादीको विध्वंशको परिणाम १० वर्षसम्म स्कूल बन्द भयो

गोपाल लामा, आमायांग्री स्कूलका संस्थापक

तपाईहरुले स्कुलमा पनि लगानी गर्नु भएको रैछ, शिक्षा के देखेर लगानी गर्नु भएको हो ?
व्यापारिक हिसावले खोलेको स्कूल होइन यो । स्कूल बनाउन सुरु गरेको तीन वर्ष भयो । अझै सम्पन्न भइसकेको छैन । यो स्कुल २०४३ सालतिर हामीले अनौपचारिक शिक्षालयको रुपमा स्थापना गरेका थियौं । त्यस अगाडि यहाँ स्कुल थिएन । उतिबेला काठमाडौंबाट हिँडेर यहाँ आउन तीन दिन लाग्थ्यो । २०४३÷४४ सालमा अनौपचारिक रुपले स्थापना गरेको स्कुल २०४५ सालमा विधिवत दर्ता भयो । विधिवत दर्ता ०४५ सालमा भएपनि अनौपचारिक पढाइ २०४३ बाटै सुरु भएको हो ।

त्यसबेलामा यहाँ शिक्षकहरु नपाइएकाले दार्जिलिङबाट ल्याइएको थियो । यसरी यस स्कुलमा पढाइ सुचारु भयो । पछि दर्ता गर्नेबेलामा स्थानीय शिक्षक चाहिने भएकाले म सदस्यको रुपमा बसेको हुँ ।

यस स्कुलमा साझेदार को को हुनुहुन्थ्यो ?
साझेदार कोही पनि थिएनन् । यो एक्लैको थियो । रमेश सिंह लामा भन्ने मेरो साथी हुनुहुन्थ्यो । उहाँ पहिला सिन्धुपाल्चोकको जिल्ला सभापति पनि हुनुहुन्थ्यो । त्यो बेलामा स्कूल दर्ता गर्न चौतारा जानुपर्ने भएकाले टाढाको बाटो र निकै झन्झटिलो काम भएकाले उहाँले ‘तिम्रै नाममा दर्ता गर’, भन्नु भएको हो, खासै मेरो लगानी थिएन । मेरो नाममा दर्ता गर्नका लागि सबै गाउँले एकमतले मञ्जुृर भए । सबैको सहमतिले म यसको संस्थापक भएको हुँ । मेरो इच्छाले गरेको काम होइन यो । यो कमिन्युटी स्कुल नै हो । त्यसबेला कम्युनिटी स्कुल खोल्ने प्रावधान थिएन । कि सरकारी कि प्राइभेट नै हुनुपथ्र्यो । यस्तो बाध्यतामा खुलेको स्कुल हो यो ।

माओवादी जनयुद्ध हुनुअगाडि त यो स्कुल धेरै राम्रो थियो भन्ने सुनिन्थ्यो नि ?
त्यतिबेला यो स्कुल जिल्लाकै टपमा पथ्र्यो, यहाँबाट पढेर गएका विद्यार्थी देशकै उतकृष्ट नागरिक भएका छन् । त्यसबेलाको तुलनामा अहिले विद्यार्थी धेरै घटेका छन् । किनभने द्वन्द्वको कारणले बीचमा स्कुल बन्द नै भयो । जब यहाँबाट हामीले तीन ब्याच एसएलसी निकाल्यौं । त्यो तीन ब्याच एसएलसी निकाल्दा ६ जना मेडिकल डक्टर नै बन्न सफल भए । त्यसमध्ये एकजना पीएडी डक्टर बन्न सफल भए । कसैले मास्टर्स डिग्री हासिल गरेर काम गरिरहेका छन् । जिवी लामा भन्ने एकजना भाइ अहिले नेपाली काँग्रेसको महासमिति सदस्य पनि छन् । सामाजिक क्षेत्रमा उनको प्रतिष्ठा चर्चा गर्न लाएक छ । उनी पनि यही स्कूलका विद्यार्थी हुन् । त्यसकारण यो पहिला धेरै राम्रो स्कूल थियो ।

यो स्कुल आवासीय हो ?
आवासीय नै हो । यहाँ आएको कारण चाहीं लोकसन राम्रो भएकाले हो । वरिपरि ८÷९ वटा गाउँ छन् । हामीलाई चाहिएको जग्गा र अन्य सुविधाको लागि उपयुक्त छ । पहिला २०४५ सालमा गएको भूइचालोले क्षेत्र निर्धाण गरेको थियो । भूईंचालो क्षेत्र भएकाले हामीले केही ब्लकहरु पाएका थियौं । त्यो ब्लक पनि हामीले प्रयोग ग¥यौं । त्यसबेला ब्लक त सरकारबाट पायौं । त्यो झन्डै ४०, ५० टनको थियो । ढुवानी गर्दा धेरै खर्च भएको थियो ।

खासै मेरो लगानी थिएन । मेरो नाममा दर्ता गर्नका लागि सबै गाउँले एकमतले मञ्जुृर भए । सबैको सहमतिले म यसको संस्थापक भएको हुँ । मेरो इच्छाले गरेको काम होइन यो । यो कमिन्युटी स्कुल नै हो । त्यसबेला कम्युनिटी स्कुल खोल्ने प्रावधान थिएन ।

स्कुलमा अहिले विद्यार्थी कति छन् ?
अहिले त ९० देखि १०० जनाको हाराहारी छन् । पहिला २ सय ५० जना जति थिए । दरबार हत्याकाण्डपछि दुई सय जना माओवादीहरु आएर सबै सामान लिएर गए । त्यसपछि ९, १० वर्ष स्कुलै बन्द भयो । १० वर्षसम्म बन्द हुँदा त सबै चिज खत्तम भयो । कक्षा कोठाभित्रै रुख, झार उम्रिएका थिए । त्यसबेला म युकेमा थिएँ । ४५ जना विद्यार्थीहरु जो कक्षा ५ भन्दा माथिका थिए । उनीहरुको पढाइ मात्रै रोकिन, यहाँ बसे भने ज्यान जोगाउन पनि डर हुने भयो । उनीहरुलाई हामीले स्पोन्सर खोजेर काठमाडौंमा सिफ्ट ग¥र्यौं ।

त्यसबेला काठमाडौंमा एउटा स्कुल थियो, डेनेव एकेडेमी भन्ने । त्यो त्यतिबेला भर्खर खोलिएको थियो । त्यसका प्रिन्सिपल डा. डिआर पाण्डे हुनुहुन्थ्यो । उहाँकोमा राख्न हामीले एउटा एग्रिमेन्ट ग¥र्यौं । यहाँ पढ्दै गरेका विद्यार्थीहरु सबै राख्ने र खाना पकाउनेदेखि रेखदेख गर्ने स्टाफहरु पनि त्यहीं राखियो । जसले सबै विद्यार्थीहरुलाई चिनेका थिए । ती विद्यार्थीहरुको लागि चाहिने खर्च चाहीं मैले युकेबाट पठाउँथेँ । यहाँबाट लगिएका ती ४५ जना विद्यार्थीलाई एसएलसीसम्म हामीले पढाइदियौं । उनीहरु अहिले विभिन्न ठाउँमा काम गरिरहेका छन् । कम्तिमा उनीहरु माओवादीको हिंसात्मक आक्रमणबाट बँचे, यसैमा हामीलाई गौरव छ । यसरी म १७ वर्ष युके बसेँ । त्यसको बीचमा नेपाल फर्किने वातावरण नै भएन । एकपछि अर्को समस्या थपिँदै गयो । मैले युकेबाटै हल्का सहयोग गरिरहेको थिएँ । यसरी सन् २०१४ म नेपाल फर्किएँ । म नेपाल आएको एक वर्षपछि २०१५ फेरि भूकम्प आयो । त्यसपछि हामीले बिल्डिङ बनाउँन थालेँका हौं ।

स्कुललाई घटाउँदै लाने उद्देश्य हो ?
घटाउँदै लाने त होइन । तर, हामीले अप्सन हेरिरहेका छौं । अहिले पनि सय हाराहारी विद्यार्थीहरु छन् । उनीहरुको लागि त हामीमध्ये केहीले स्कुल सञ्चालन गर्नैपर्छ । अल्टरनेटको लागि पनि अरु स्कुल छैन, यहाँ स्कूल खोल्नु भनेको समाज सेवा हो, पैसा कमाउने उद्देश्य राखियो भने लगानी मात्र डुब्छ । बस राख्ने सन्दर्भमा गाउँपालिकासँग कुरा चाहीं भइरहेको छ । अलि पर एउटा स्कुल छ । त्यसको लागि कि बसको व्यवस्था गर्नुप¥यो ।

अर्कोतर्फ यो संरचनामा हामीले हाइयर एजुकेसन सुरु गर्ने कि भनेर पनि सोचिरहेका थियौं । अहिले त ठाउँ–ठाउँमा हाइस्कुलहरु छन् । तर, हेलम्बु गाउँपालिकामा एउटा पनि राम्रो कलेज छैन । यो टुरिष्ट एरिया भएकाले होटेल म्यानेटमेन्टको लागि लाइसेन्स पनि लिइसकेका छौं । १९८०, ९० तिर त काठमाडौंबाट हेलम्ब पनि एकदमै टाढा जस्तो थियो नि । अहिले पो नजिक भयो त यातायातले गर्दा । हेलम्बुका स्थानिय बासीलाई होटल म्यानेजमेन्टजस्तो सिप सिकाइयो भने गाउँकैले रोजगारी पाउने थिए ।