बंगलादेश बैंकसहित तीन वित्तीय कम्पनीको बोनस शेयर सूचीकृत

info khabar १२ चैत्र २०७७, बिहीबार १७:११
बंगलादेश बैंकसहित तीन वित्तीय कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल बंगलादेश बैंकसहित तीन कम्पनीको शेयर सूचीकृत भएको छ । बंगलादेश बैंक, सेन्चुरी कर्मसियल बैंक र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । नेप्सेमा नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर र २२ हजार ८२९ हकप्रद शेयर सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यस्तै सेन्चुरी कर्मशियल बैंकको पनि ६१ लाख ८९ हजार ५७९.२६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट यस बैंकले आफ्ना शेयरधनीलाई ५ दशमलब २५ बोनस वितरण गरेको थियो । यी दुई बैंकसँगै नेप्सेमा महिला सहयात्रा लघुवित्तको एक लाख २१ हजार कित्ता बोनस शेयर पनि सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।