अमेरिकामा कुल संक्रमितमध्ये ५ लाख ७१ हजार १२४ भन्दा बढीको मृत्यु

info khabar २६ चैत्र २०७७, बिहीबार १०:५८
अमेरिकामा कुल संक्रमितमध्ये ५ लाख ७१ हजार १२४ भन्दा बढीको मृत्यु

अमेरिकामा ७, अप्रिलमा १२ लाख १९ हजारको परीक्षण, ७५ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (७, अप्रिल) मा १२ लाख १९ हजार ९८१ जनाको परीक्षण गर्दा ७५ हजार १४२ जना संक्रमित थपिएका छन् । ६, अपिलमा १३ लाख ८१ हजार ३१२ जनाको नमुना परीक्षण गर्दा ६२ हजार २८३ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (७,अप्रिल) मा ८६४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६, अप्रिलमा ९०६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो अमेरिकामा नेपाली समय अनुसार चैत २६ गते बिहीबार बिहान ७.०० बजेसम्ममा ३ करोड १६ लाख ३७ हजार २०२ जना कोरोना भाइरसका संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये बुधबार बिहान ७.०० बजेसम्ममा २ करोड ४२ लाख ६ हजार ५३९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत २६ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६८ लाख ५९ हजार ५३९ जना छन् ।नेपाली समय अनुसार चैत २६ गते बिहीबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ४१ करोड ३४ लाख ३० हजार ७६४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ८ करोड १६ लाख १८ हजार ६०७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ८ करोड १६ लाख १८ हजार ६०७ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत २६ गते बिहीबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ७१ हजार १२४ जनाको मृत्यु भैसकेको छ ।चैत २६ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ करोड ३६ लाख ७१ हजार ३६१ जना छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २८ लाख ९८ हजार ५२२ जना छन् ।