भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० संक्रमित थपिए

info khabar ८ बैशाख २०७८, बुधबार १०:४८
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० संक्रमित थपिए

भारतमा कोरोना महामारीका अहिलेसम्मका सबै रेकर्ड तोडिए
काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर शुरु भएपछि अहिलेसम्मको सबै रेकर्ड तोडिएको छ । वल्र्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ हजार २० भन्दा बढी संक्रमणबाट निधन भएको छ भने २ लाख ९४ हजार २९० भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । कोरोना भाइरसका सर्वाधिक संक्रमित र संक्रमणबाट निधन हुने पनि भारतको महाराष्ट्र राज्यमा देखिएका छन् । वर्डमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ५१९ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

स्तै, दिल्लीमा २७७ जना, छत्तिसगढ १९१ जना, युपीमा १६२ जना, गुजरातमा १२१ जना, कर्णाटकमा १४९ जना, पञ्जाबमा ६० जना, मध्य प्रदेशमा ७७ जना गरी ८ वटा राज्यमा १५ सय ५६ जनाको संक्रमणबाट निधन भएको छ । यसैगरी भारतको महारष्ट्रमा अहिलेसम्म (पछिल्लो २४ घण्टामा) को रेकर्ड तोडिएको छ । महाराष्ट्रमा ६२ हजार ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतको उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५, कर्णाटकमा २१ हजार ७९४, करलामा १९ हजार ५७७ जना र छत्तिसगढमा १५ हजार ६२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टा (२०, अप्रिल) मा १५ लाख १९ हजार ४८६ जनाको नमुना परीक्षण गर्दा २ लाख ९४ हजार २९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १९, अप्रिलमा १३ लाख ५६ हजार १३३ जनाको नमुना परीक्षण गर्दा २ लाख ५६ हजार ९४७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घटा (२०, अप्रिल) मा २ हजार २० जना कोरोना भाइरसको संक्रमिणबाट निधन भएको छ । १९, अप्रिलमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ७५७ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार बैशाख ८ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५६ लाख ९ हजार ४ जना छन् । भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै २१ लाख ५६ हजार ५७१ जना पुगिसकेका छन्, यो संख्या क्रमशः बढ्दै गएको छ । बैशाख ८ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये १ लाख ८२ हजार ५७० जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।