अमेरिकामा कुल संक्रमितमध्ये ६८ लाख ४८ हजारको अस्पतालमा उपचार हुँदै

info khabar ८ बैशाख २०७८, बुधबार १०:५१
अमेरिकामा कुल संक्रमितमध्ये ६८ लाख ४८ हजारको अस्पतालमा उपचार हुँदै

अमेरिकामा २०, अप्रिलमा १० लाख ५५ हजारको परीक्षण, ६० हजार ३१७ जना संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२०, अप्रिल) मा १० लाख ५५ हजार १०४ जनाको नमुना परीक्षण गर्दा ६० हजार ३१७ जना संक्रमित थपिएका छन् । १९, अप्रिलमा १६ लाख ६५ हजार ९२५ जनाको नमुना परीक्षण गर्दा ५१ हजार ६५३ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२०, अप्रिल) मा कोरोना भाइरसको संक्रमणबाट ८८३ जनाको मृत्यु भएको छ । १९, अप्रिलमा कोरोना भाइरसको संक्रमणबाट ४९८ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली समय अनुसार बैशाख ८ गते बुधबार बिहान ७.३० बजेसम्ममा ३ करोड २५ लाख ३६ हजार ४७० जना कोरोना भाइरसका संक्रमित भएका छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ५१ लाख ५ हजार ५३५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार बैशाख ८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६८ लाख ४८ हजार ४७९ जना छन् ।

नेपाली समय अनुसार बैशाख ८ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४३ करोड १९ लाख ४१ हजार ७२३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।  अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब १० करोड १ लाख २९ हजार ५६६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १० करोड १ लाख २९ हजार ५६६ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट बैशाख ८ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ८२ हजार ४५६ जनाको मृत्यु भैसकेको छ । बैशाख ८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ करोड ३५ लाख ३५ हजार ६५ जना छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख ५६ हजार ९०७ जना छन् ।