चिनियाँ राजदूतलाई टार्जेट गरी पाकिस्तानमा बम विस्फोट

info khabar ९ बैशाख २०७८, बिहीबार १३:५८
चिनियाँ राजदूतलाई टार्जेट गरी पाकिस्तानमा बम विस्फोट

विद्रोहीद्वारा पाकिस्तानबाट अलग्निे अभियान सञ्चालन
काठमाडौं । पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ । उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ । तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन् । थप केही नबताएर पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ ।

उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् । विस्फोटपछिको स्थिति दर्शाउने भिडिओ फुटेज सामाजिक सञ्जालहरूमा राखिएका छन्, जसमा होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ । सेरेना क्वेटाको प्रख्यात होटल हो । जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्ने गरेको छ । गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको पाकिस्तानी प्रसारक एआरवाई न्यूज टिभीलाई बताएका छन् ।

उनका अनुसार चिनियाँ राजदूत नोन रङ घटनाका बेला एउटा कार्यक्रममा थिए, होटलमा थिएनन् । बलुचिस्तान प्रान्तका गृहमन्त्री जियाउल्ला लङ्गोले राजदूत नङ ’उच्च मनोबलमा रहेको’ र क्वेटाको आफ्नो भ्रमण बिहीवार सम्पन्न गर्ने संवाददाताहरूलाई बताएको बीबीसी न्यूजले उल्लेख गरेको छ । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरूले पाकिस्तानबाट स्वतन्त्र राज्य बनाउन चाहन्छन् । र, त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको उनीहरुले विरोध गर्दै आएका छन् ।