सुदिपको स्वर र शंकरको शब्दमा ’सोची हेरन’ सार्वजनिक

info khabar ९ बैशाख २०७८, बिहीबार १४:०१
सुदिपको स्वर र शंकरको शब्दमा ’सोची हेरन’ सार्वजनिक

सुदिपको स्वर र शंकरको शब्दमा ’सोची हेरन’ सार्वजनिक
काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता–२०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ’सोची हेरन’ डिजिटल बजारमा आएको छ । सुदिप भण्डारीको स्वरमा रहेको यस गीतमा चर्चित गीतकार डि.पी खनालको शब्द रहेको छ । गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ ।

आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको म्युजिक भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन् । अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा तयार पारिएको हो । डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।