अमेरिकामा कुल संक्रमितमध्ये २ करोड ५९ लाख ९ हजारभन्दा बढीलाई निको

info khabar २१ बैशाख २०७८, मंगलवार १२:०५
अमेरिकामा कुल संक्रमितमध्ये २ करोड ५९ लाख ९ हजारभन्दा बढीलाई निको

अमेरिकामा ३, मेमा ३९ हजार ७६७ जना संक्रमित थपिए
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (३, मे) मा १३ लाख २ हजार ५०८ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ७६७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । २, मेमा १२ लाख ५१ हजार ७९८ को नमुना परीक्षण गर्दा ३६ हजार ५७२ जना कारोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै पछिल्लो २४ घण्टा (३,मे) मा संक्रमणबाट ४४५ जनाको मृत्यु भएको छ । २, मेमा संक्रमणबाट ३१२ जनाको मृत्यु भएको थियो । बैशाख २१ गते मंगलबार बिहान ७.३० बजेसम्ममा ३ करोड ३२ लाख ३० हजार ५६१ जना कोरोना भाइरसका संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ५९ लाख ९ हजार ३ सय ९३ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार बैशाख २० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६७ लाख २९ हजार ६५४ जना छन् । नेपाली समय अनुसार बैशाख २१ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४५ करोड २ लाख ८७ हजार १८८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।

अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब ११ करोड ८८ लाख ३७ हजार ९०७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ११ करोड ८८ लाख ३७ हजार ९०७ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।  अमेरिकामा कोरोनाको संक्रमणबाट बैशाख २१ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ९१ हजार ५१४ जनाको मृत्यु भैसकेको छ । बैशाख २१ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ करोड ४१ लाख ७७ हजार ३८० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख २६ हजार ८५८ जना छन् ।